अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतसँग छिट्टै व्यापार सम्झौता हुन सक्ने बताएका छन्।
ट्रम्पले ‘वास्तविक व्यापार सम्झौता’को कल्पना गरेका छन्, जहाँ अमेरिकाका अन्य साझेदारहरूलाई उनले दिने करको धम्कीबाट बेलायत बच्न सक्छ। बेलायतका प्रधानमन्त्री केइर स्टार्मरसँग ह्वाइट हाउसमा भएको भेटवार्तापछि ट्रम्पले पत्रकारहरूसँग यस्तो बताएकाे बिबिसीले जनाएको छ।
ट्रम्पले युरोपेली युनियनमा बनाइएका सामानहरूमा २५ प्रतिशतको कर लगाउनसहित आफ्ना धेरै सहयोगी राष्ट्रहरूलाई आयात कर लगाउने बारम्बार धम्की दिँदै आएका छन्। उनले अमेरिका प्रवेश गर्ने सबै स्टिल र आल्मोनियममा समेत २५ प्रतिशत आयात कर लगाउन आदेश दिएका छन् जसबाट बेलायत प्रभावित हुन सक्छ।
स्टार्मरले बेलायतविरुद्ध कर लगाउने आदेश रोक्न राष्ट्रपतिलाई रोक्न खोजेका थिए कि ? भनेर सोधिएको प्रश्नमा ट्रम्पले भने, ‘उनले प्रयास गरे। उनले कडा मिहिनेत गरिरहेका थिए।’
बेलायतमाथिको करविरुद्ध ट्रम्पलाई मनाउने प्रयासमा स्टार्मरले भने कि बेलायत–अमेरिका सम्बन्ध ‘निष्पक्ष, सन्तुलित र पारस्परिक’ थियो।