अछाममा जिप र मोटरसाइकल ठोक्किँदा दुईजना घाइते

शुक्रबार, १६ फागुन, २०८१
डिजिटल संस्करण

अछामको मेल्लेख– ७ नन्देगडामा जिप र मोटरसाइकल एक–आपसमा ठोक्किँदा दुईजना घाइते भएका छन् । घाइते हुनेहरूमा मंगलसेन– ६ ठुलासैनका २२ वर्षीय भीमराज भण्डारी र साँफेबगर– ७ रिडिकोट बस्ने ४८ वर्षीया राधिका भुजेल रहेका छन् ।

शोडषाबाट साँफेबगर आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज ४२६ नम्बरको जिप र विपरीत दिशाबाट गइरहेको सुदूरपश्चिम प्रदेश ०१–००८ प ६५६८ नम्बरको मोटरसाइकल नन्देगडामा ठोक्किएका थिए ।

घाइते भएका मोटरसाइकलचालक भण्डारी र भुजेलको बयलपाटा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । घाइते भण्डारीको दायाँ हात र खुट्टामा चोट लागेको छ भने भुजेलको दायाँ खुट्टामा चोट लागेको छ । घटनापश्चात् घाइते दुवैजनालाई जिपचालक मेल्लेख– ६ शोडषाका ३४ वर्षीय गणेश बोहराले आफैँ बयलपाटा अस्पताल ल्याएका थिए । घाइते दुवैजनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।  
 

सुझावित समाचार