सरकारले असारयता नेपाली सेनाको हेलिकोप्टरबाट विपतमा परेकाको उद्धार गर्न लागेको सवा दुई करोड भुक्तानी गर्ने निर्णय गरेको छ।
विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बिहीबारको बैठकले १२ असारयता भएका २२ वटा उद्धार उडानबापतको दुई करोड ३३ लाख ७१ हजार नेपाली सैनिक विमान चार्टर विकास समितिलाई भुक्तानी गर्ने निर्णय गरेको हो। यो रकम सरकारको विपत् व्यवस्थापन कोषबाट निकासा हुनेछ। बाढीपहिरोमा घाइते भएका, बस दुर्घटनामा घाइतेको उद्धारसँगै गत असोजमा मध्य नेपाल केन्द्रित बाढीपहिरो प्रभावित क्षेत्रमा खाद्यान्न ढुवानीका लागि सेनाको हेलिकोप्टर प्रयोग भएको गृह मन्त्रालयले जनाएको छ।
१२ असारदेखि कात्तिक २२ पटक सेनाको हेलिकोप्टर चार्टर गरिएको छ। जसमध्ये सबैभन्दा धेरै असोजको बाढीपहिरोमा उद्धार भएको गृहको तथ्यांक छ।