आवश्यक कागजातविनै चलाउँदै आएका भारतीय नम्बरका २८ मोटरसाइकल वीरगन्ज भन्सार कार्यालय चलान

बिहिबार, १५ फागुन, २०८१
डिजिटल संस्करण

जिल्ला प्रहरी कार्यालय कलैया बाराले २८ वटा भारतीय नम्बर प्लेटको मोटरसाइकल भन्सार चलान गरेको छ। आवश्यक कागजात नमिलेका विभिन्न कम्पनीका भारतीय नम्बर प्लेटका २८ वटा मोटरसाइकल कारबाहीको लागि वीरगन्ज भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक दिलीपकुमार थापाले जानकारी दिए।

बारा प्रहरीले १४ फागुनमा एकैदिन जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्दा भन्सार नतिरेका, आवश्यक कागजपत्र नभएका, कानुनविपरीत रहेका भारतीय नम्बर प्लेटका ती मोटरसाइकल नियन्त्रणमा लिएको बारा प्रहरीले जनकारी दिएको छ।

बरामद मोटरसाइकलहरूको बजार मूल्य अन्दाजी २५ लाख रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
 

सुझावित समाचार