केयूमा यथाशीघ्र उपकुलपति छनोट गर्न ध्यानाकर्षण

बिहिबार, १५ फागुन, २०८१
डिजिटल संस्करण

काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट प्रक्रिया पारदर्शी नभएको भन्दै विश्वविद्यालयका पदाधिकारीले चिन्ता व्यक्त गर्न थालेका छन् । छनोट प्रक्रिया लम्बिएको र खोज तथा सिफारिस समितिले प्रभावकारी ढंगले काम नगरेको भन्दै पदाधिकारले खोज तथा सिफारिस समितिलाई ध्यानाकर्षणसमेत गराएका छन् । बुधबार प्राध्यापक तथा पदाधिकारी गरी १३ जनाले हस्ताक्षर संकलन गरी समितिलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् । 

समितिले चित्तबुझ्दो ढंगले काम नगरेको भन्दै विश्वविद्यालयका स्कुल अफ एजुकेसनका डिन प्रा.डा. बालचन्द्र लुइँटेल, एसोसिएट डिन डा. उद्धव प्याकुरेल, एसोसिएट डिनद्वय प्रा.डा. प्रकाशचन्द्र भट्टराई र प्रा.डा. हेमराज काफ्ले, स्कुल अफ आर्टस्का कायममुकायम डिन एक्कुमाया पुन, स्कुल अफ म्यानेजमेन्टका डिन प्रा.डा. विजय केसी र एसोसिएट डिन डा. खगेन्द्र आचार्यले ध्यानाकर्षण गराएका हुन् ।

स्कुल अफ आर्टस्का एसोसिएट डिन डा. उद्धव प्याकुरेलले खोज तथा सिफारिस समितिमाथि थप शंका उत्पन्न भएपछि ध्यानाकर्षण गराइएको बताए । ‘समितिले छिटोछिटो काम नै गरेन, अलमल भइरहेको छ, विश्वविद्यालयमा यस्तो हुनु राम्रो मानिँदैन,’ उनले भने, ‘ढिलो हुँदा स्वार्थ समूहले खेल्ने डर पनि उत्तिकै हुन्छ, संस्था नै कमजोर हुन्छ, त्यसैले ध्यानाकर्षण गराएका हौँ ।’ 

See More On

सुझावित समाचार