दाङमा गोरुले हान्दा एकजनाको मृत्यु

बुधबार, १४ फागुन, २०८१
डिजिटल संस्करण

दाङमा पानी खुवाउने क्रममा गोरुले हान्दा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका– १७ जमेरानिवासी ७१ वर्षीय गहचा चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य राणाले बताए ।

चौधरीलाई मंगलबार साँझ पौने ५ बजेतिर गोरुले हान्दा गम्भीर घाइते भएका थिए । ढाड, पेट र दुवै हातमा चोट लागेकाका उनको मंगलबार नै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार गरेर घर लगिएको थियो । उनको बुधबार बिहान ९ बजेतिर घरमै मृत्यु भएको हो । 

See More On

सुझावित समाचार