सुमेरुका तत्कालीन सचिव विनोद आचार्य र बागमतीका गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीय रवि थापाबिचको अडियो संवाद

बुधबार, १४ फागुन, २०८१
डिजिटल संस्करण
सुमेरुका तत्कालीन सचिव विनोद आचार्य र बागमतीका गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीय रवि थापाबिचको अडियो संवाद

बागमतीका गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीय रवि थापा

बागमतीका गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको शंकास्पद मृत्यु भएको छ । बचतकर्ताको सवा नौ अर्ब जोखिममा पारेको ललितपुरको सुमेरु बचत तथा ऋण सहकारीलाई समस्याग्रस्त घोषणा गर्ने–नगर्ने विषयको ‘बार्गेनिङ अडियो’ सार्वजनिक भएपछि थापा तनावमा थिए । 

प्रहरीका अनुसार कलंकीस्थित डेरामा सोमबार अचेत अवस्थामा फेला परेका थापाको कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा उपचारका क्रममा साँझ ६:३८ बजे मृत्यु भएको हो । प्रहरीले फागुनमा सार्वजनिक अडियोसँग घटना जोडिएको बताएको छ । थापाले ‘सुसाइट नोट’मा सहकारीको विषयमा जोडेर आफ्नो बदनाम गर्न खोजेको उल्लेख गरेका छन् । यद्यपि, ‘सुसाइट नोट’को आधिकारिकता पुष्टि हुन बाँकी छ । 

सुमेरुका तत्कालीन सचिव आचार्य र बागमतीका गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीय थापाबिचको अडियो संवाद

आचार्य : मैले शिवराज दाइलाई कुरा गरेको थिएँ क्या बाबु । 

थापा : शिवराज दाइले भन्दिने हो क्या । मैले त तपाईंलाई भनेको हो । दायाँबायाँ कुरा केही छैन । 

आचार्य : तर, टुंग्याउनुपर्छ बाबु । को–को कर्मचारी मिलाउनुपर्छ । तिमीलाई याद छ ? 

थापा : त्यहाँ कर्मचारीको अभाव छ एउटा । पत्रिकामा सूचना निकाल्न पनि चार हजार रुपैयाँ चाहिन्छ । 

आचार्य  : त्यही गाह्रो छ । 

थापा : कर्मचारीले आजै सबै स्टडी गर्न लागिरहेका छन् । मैले तपाईंलाई सिन्ड्रोम दिएको हो । तपाईं आफैँ विचार गर्नुहोस् न । 

आचार्य  : सुन न भाइ । त्यो कर्मचारी भनेको त्यस्तै हो । तिमी–हामी भएपछि भइहाल्छ । तलबाट लिइहाल्छ । म त दाइसँग आशीर्वाद लिने हो । गर्ने त भाइले नै त हो नि । 

थापा : अँ 

आचार्य  : के गर्ने त ? अलिकति आइडिया देऊ न त ।

थापा : तपाईं हामीसँग जोडिनुभयो । होइन । कर्मचारी तपाईंले चिन्नुभएको छैन । मैले शिवराज दाइसँग कुरा गर्दा त्यो मान्छे लफडा छ । कुरा गरेर साध्य छैन भन्नुभएको थियो । 

आचार्य  : कसलाई लफडा भनेको ? 

थापा : हजुरलाई भनेको हो कि कसलाई भनेको थाहा भएन । त्यो लफडा छ । यसको हुँदा पनि हुँदैन । छाडिदेऊ भन्नुभएको थियो । खासगरी त्यो विदेशमा बस्छ नि त्यो अध्यक्ष । 

आचार्य : हो, हो, त्यो भागेर बेलायत बस्छ । त्यसलाई त हामीले चार अर्बको मुद्दा दायर गरेका छौँ अदालतमा । हामी त भाग्दैनौँ । कुनै हालतमा भाग्दैनौँ बाबु । 

थापा : अब तपाईंहरूले के गर्नुहुन्छ । कुरा त्यही हो दाइ होइन । मैले नजिकबाट थाहा पाएको भएर भनेको हुँ । 

आचार्य : मेरो भनाइचाहिँ कमसेकम मदु दाइले इन्द्रेको बाउ चन्द्रे आए पनि गर्दिनँ । आरजु भाउजूको नाम नलिए हुन्थ्यो भन्ने मेरो चाहना हो । 

थापा : उहाँ पनि आवेशमा आएर हो दाइ । कोही एमालेको सांसद, कोही कांग्रेसको सांसद । कोही के कोही के । त्यहाँ तपाईंको मात्रै केस होइन नि । हाम्रो तीन हजार सातवटा सहकारी छन् । त्यसमध्ये तीन सयवटा सहकारी समस्याग्रस्त छन् दाइ । 

आचार्य : मेरो कुरो के भने अखिरमा मदु दाइ पनि कांग्रेसको मान्छे हो नि । तर, उहाँले शेरबहादुरको पनि आदेश मान्दिनँ, आरजुको पनि आदेश मान्दिनँ कि भनेको भन्ने मेरो आपत्ति हो के भाइ । 

थापा : होइन यो छाडिदिनु दाइ । अब तपाईं आफू कसरी सहज हुने त्यो वातावरण बनाउनुहोस् । 

आचार्य : त्यही भएर र मैले भाइसँग कुरा गरेको बाबु ।

थापा : अब धेरै यो लम्बाइ–चौडाइको कुरा छाडिदिनुस् । 

आचार्य : अब कसरी जाने त भनौँ न त । 

थापा : अब कसरी जाने ? तपाईंले ल्याउने । हामीले मिलाउने हो नि । तपाईं ढुक्क भएर बस्नुहोस् । तपाईंको काम अघि बढ्छ ।

आचार्य : मदु दाइको सिग्नल त चाहिन्छ नि त बाबु ।

थापा : तपाईं ढुक्क भएर बस्नु न दाइ । मदु दाइको तपाईंले टेन्सन लिनैपर्दैैन के । तपाईं खातामा हादिदिनु ।

आचार्य : कति गरौँ त बाबु । हामी साथीभाइ सल्लाह गर्छौँ । कतिसम्म गरौँ ल भन त । धेरै त सकिँदैन । हामी गरिब छौँ । जनतालाई पैसा दिन सकेका छैनौँ । कति गरौँ ल भन त ।

थापा : कति भनौँ खै । अघि मैले भनिहालेँ दाइ । तपाईंको समस्या ठुलो छ । एक करोड दुई करोडले होलाजस्तो लाग्दैन । तिनीहरूको ऊ हेर्दा खेरि । उनीहरूले अर्बौँ हान्या छ । हामीले एक एक करोड खाँदा पनि केही फरक पर्दैन भनेर कुरा गरिरा’थ्यो । अहिले तत्कालका लागि चाहिँ १० जतिमा मान्छ कि भन्ने हाम्रो अनुमान हो ।

आचार्य : १० लाख ? फेरि मदु दाईले आपत्ति गर्नुहुन्छ कि?

थापा : त्यसमा केही आपत्ति मान्नुहुन्न । तपाईं ढुक्क हुनुस् न । त्यसको जिम्मेवारी मैले लिन्छु । 

आचार्य : म पार्टीको कार्यकर्ता भएको हिसाबले नाम त भन्न मिल्छ नि ?

थापा : तपाईं–हामी भेटेरै कुरा गरौँला ।

आचार्य : होइन नाम त भनिदेऊ न । केही फरक पर्दैन भाइ । 

थापा : नाम अहिले म भन्दिनँ । तपाईं आउनुस् । भेटेर कुरा गर्नुस् । 

आचार्य : कुरो मिलेन भने के हुन्छ बाबु ? हामीले १० दिन सकिएन भने के हुन्छ ? 

थापा : अब सकेन भने सकेन दाइ । अब के भन्ने । 

आचार्य : कर्मचारीले के–के गर्न सक्छन् ? 

थापा : उनीहरूले प्रक्रिया त अघि बढाइहाल्छन् नि दाइ । 

आचार्य : हामीले अरू कुरा मिलाएका छौँ । मदु दाइले थाहा पाए भने झन् डेन्जर होला कि?

थापा : हामी त्यत्तिकै मन्त्रीको नजिक भएका छौँ र ? जो पायो त्यही मन्त्रीको नजिक हुन्छ ? त्यहाँ पु¥याउन पनि हाम्रो योगदान छ नि त । होइन भन्नु न । 

आचार्य : हो हो ।

थापा : तपाईं ढुक्क हुनुस् क्या । तपाईंले त्यो गर्दिनुभयो भने मन्त्री भइन्जेल तपाईंको फाइल रोकिन्छ । 

आचार्य : अनि समस्याग्रस्तमा भाइले कसरी को–अर्डिनेसन गर्छौ त यार । 

थापा : ए दाइ त्यो तपाईंको समस्या होइन क्या । अघि त्यत्रो भनेको । बुझ्नुभएन ? मन्त्रीले निर्देशन गर्ने हो । विधि विधानअनुसार काम हुने हो क्या दाइ । तपाईंले खै कुरा बुझेको । यो विषयमा मदन दाइलाई थाहै हुँदैन । कर्मचारीमार्फत गएर फाइल लुकाउने हो क्या । विधि प्रक्रिया पुगेको छैन । अब फलानो काम गर्न बाँकी छ । यसमा अनुसन्धान हुँदै छ भन्ने हो । सचिवमार्फत बोर्ड पुगेपछि काम हुने हो । 

सुझावित समाचार