भारत र न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा, आयोजक पाकिस्तान बाहिरियो

सोमबार, १२ फागुन, २०८१
डिजिटल संस्करण

आइसीसी च्याम्पियन्स ट्रफीको सोमबारको खेलमा न्युजिल्याण्डले बंगलादेशलाई हराएको छ । यससँगै न्युजिल्याण्ड सेमिफाइनलमा पुगेको छ भने आयोजक पाकिस्तानसँगै बंगलादेश पनि बाहिरिएको छ । 

समूह ‘ए’ मा रहेका भारत र न्युजिल्याण्डले २–२ वटा जित हात पारेर सेमिफाइनलमा प्रवेश गरेका हुन् । पाकिस्तान र बंगलादेश २ मा २ खेलमै पराजित भएपनि एक खेल अगाडि नै बाहिरिएका हुन् । 

सोमबारको खेलमा न्युजिल्याण्डले बंगलादेशलाई ५ विकेटले पराजित गयो । बंगलादेशले २३७ रनको लक्ष्य दिएकोमा ५ विकेट गुमाएर न्युजिल्याण्डले ४६.१ ओभरमै लक्ष्य पुरा गरेको हो । जितका लागि रचिन रभिन्द्रले ११२ तथा टोम लाथमले ५५ रनको योगदान दिएका थिए। 

यो खेलमा न्युजिल्याण्ड पराजित भएको अवस्थामा पाकिस्तानको सम्भावना जिवितै रहन्थ्यो। उसको अन्तिम खेल बंगलादेशसँग छ। पाकिस्तान यसअघि न्युजिल्याण्ड र भारतसँग पराजित भएको हो। पाकिस्तान च्याम्पियन्स ट्रफीको डिफेन्डिङ च्याम्पियन हो।

समूह ‘बी’ अन्र्तगत मंगलबार अष्ट्रेलिया र दक्षिण अफ्रिकाबिच खेल हुँदैछ । दुवै टिम दोस्रो जितको खोजीमा हुनेछन्। 
 

सुझावित समाचार