प्रधानमन्त्रीनिवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ। बैठकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने विषयमा पनि छलफलको एजेन्डा छ।
ऊर्जामन्त्री दीपक खड्काले घिसिङलाई हटाउने प्रस्ताव गत साता नै लगेका थिए।
साँझ बस्ने भनिएको बैठक ढिलो गरी सुरु भएको हो।