खाँदबारी–किमाथांका सडक सुक्खा पहिरोले अवरुद्ध

सोमबार, १२ फागुन, २०८१
डिजिटल संस्करण

कोशी राजमार्गअन्तर्गत संखुवासभाको खाँदबारी–किमाथांका सडक सुक्खा पहिरोका कारण अवरुद्ध भएको छ । 

आज बिहान भोटखोलाको हटिया र हुङगुङबिचको धिग डाँडाखण्डमा पहिरो झरेको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए। उनका अनुसार ढुंगा खसेपछि उक्त सडक अवरुद्ध भएको हो ।

सदरमुकाम खाँदबारीबाट १०९ किलोमिटरको दूरीमा रहेको सो स्थानमा पहिरो खसेको हो । पहिरो खसेपछि भोटखोला खाँदबारी आउने तथा खाँदबारीबाट गएका सवारीसाधन पनि बाटोमै थन्किएका छन् । पहिरोले  करिब ३० मिटर सडक पुरिएको छ । 

सुझावित समाचार