कालिञ्चोक दर्शन लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले १ः१ को अनुपातमा प्रतिसेयर १०० रुपैयाँका दरले ६० लाख कित्ताबराबरको हकप्रद सेयर निष्कासन गर्न लागेको हो । उक्त हकप्रद बिक्रीका लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिङ निष्कासक तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ ।
आइतबार एक समारोहबिच नेपाल एसबिआई मर्चेन्टका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र कालिञ्चोक दर्शनका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बालकृष्ण सिवाकोटीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । कालिञ्चोक दर्शनले कालिञ्चोक गाउँपालिका–१, कुरी, दोलखामा केबुलकार सञ्चालन गरिरहेको छ ।