राधिका शाक्यको आत्मकथा ‘करुणा’ विमोचन, ओली र शाक्यले सम्झिए विगत

आइतबार, ११ फागुन, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीले चरम दुःखका दिन भोगेको स्मरण गरेका छन् । श्रीमती राधिका शाक्यले लेखेको आत्मकथा ‘करुणा’ विमोचन कार्यक्रममा शनिबार ओलीले विगत स्मरण गरेका हुन् । १४ वर्ष जेल र ६ वर्ष भूमिगत राजनीतिको पनि उनले स्मरण गरे ।

‘जेलबाट चप्पल लगाएर निस्किएको एउटा कैदी प्रधानमन्त्री भयो भनेर होच्याउनेहरू पनि छन् । सायद तिनीहरू श्रीपेच लगाएका मान्छेले आफूलाई रैती बनाएको देख्न चाहन्छन् । जनताको छोरो प्रधानमन्त्री भएको देख्न चाहँदैनन्,’ ओलीले भने । 

ओलीले बिहे गर्ने बेलामा आफूसँग श्रीमती पाल्ने अवस्था नभएको र विगतमा घरज्वाइँ बसेको पनि स्मरण गरे । ‘त्यतिबेला एउटी श्रीमतीसमेत पाल्ने अवस्था थिएन । धाक लाउने ठाउँ थिएन । म पाल्न सक्दिनँ । पाल्न सक्ने हुती भएको मान्छे म होइन । मैले सही कुरा खुलस्त भन्ने गर्छु । त्यतिबेला पनि त्यसैगरी भनेको हुँ,’ उनले स्मरण गरे, ‘गृहमन्त्री भइयो । बसिरहेको कोठा छाडेर मन्त्री क्वार्टर गइयो । हट्न पर्यो त्यहाँबाट त्यसपछि कतै कोठा पाइएन ।’ घरज्वाइँ बसेको भन्दा आफूलाई हीनताबोध नभएको पनि उनले बताए । उनले आफू गाईभैंसी चराएर, खेत खनजोत गरेर आएको स्मरण पनि गरे ।

राधिका शाक्यले थुप्रै चुनौती हुँदाहुँदै करुणा भावले जितेर ओलीसँग बिहे गर्ने निर्णय गरेको स्मरण गरिन् । ‘यो निर्णय म आज यो स्थानमा हुन्छु अथवा उहाँ कुनै समय मन्त्री, प्रधानमन्त्री हुनुहोला भन्ने खालको कुनै पनि महत्वाकांक्षा मैले राखेको थिइनँ,’ उनले भनिन्, ‘तर पनि समय र परिस्थितिले र न्यायप्रेमी नेपाली दिदीबहिनीहरू, दाजुभाइहरू सम्पूर्णको सहयोगबाट आज उहाँ चार चारपल्ट यो देशको प्रधानमन्त्री हुन सफल हुनुभएको छ । यसमा तपाईहरू सम्पूर्णको साथसाथै मेरो पनि केही योगदान अवश्य पनि छ । त्यसैले पनि मैले यो किताबको नाम करुणा राखेकी हुँ ।’

ओलीलाई पहिला ठुलै नेता भन्नेहरूले पनि अहिले भैसीँ गोठालो, गोठालोको छोरो भनेर हेपेर सामाजिक सञ्जालमा कमेन्ट गरेको विषय उल्लेख गर्दै राधिकाले भनिन्, ‘त्यतिबेला पनि मैले कोरेको थिएँ, एउटा भैंसी गोठालोसँग बिहे गरेकोमा मलाई ठूलो गर्व लाग्छ ।’ 

०४४ मा बिहे गरेर १७ वर्षसम्म विभिन्न डेरामा बसेको शाक्यले स्मरण गरिन् । ०६० मा बालकोटको घर बनाएर सरेको उनले बताइन् । ‘त्यो घर कसरी बन्यो, के भयो ? एक एक हिसाब बुझाउन म तयार छु । आफ्नै पसिना, आफ्नै मिहेनतले घर बनाएका छौँ,’ उनले भनिन् । आफ्नो जीवनशैली सामान्य र मितव्ययी रहेकाधपाउनुपर्छ भन्ने उद्देश्यसहित लागेको उनले बताइन् ।

सुझावित समाचार