गृह मन्त्रालयले मकवानपुर र नवलपरासी पश्चिमको प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । नवलपरासी पश्चिममा कार्यरत स्किम श्रेष्ठलाई मकवानपुरको प्रमुख जिल्ला अधिकारीमा खटाइएको छ । त्यस्तै, रौतहटमा कार्यरत हिरालाल रेग्मीलाई नवलपरासी पश्चिममा खटाइएको छ ।
खोटाङ र ओखलढुंगामा लामो समयदेखि सिडिओ पद रिक्त रहे पनि गृहले खटाउन सकेको छैन ।