दुर्लभ मानिएको चरो बैकल टियल (बैकल गैरे) २० वर्षपछि काठमाडौं उपत्यकामा देखिएको छ । चराविद् हेमसागर बरालका अनुसार पूर्वी साइबेरियामा बच्चा कोरल्ने र हिउँदयाममा प्रायः चीन, कोरिया र जापानमा देखिने यो चरा घुमन्ते मानिन्छ । धेरै वर्षको फरकमा नेपालमा पनि कहिलेकाहीँ आइपुग्छ ।
यसपटक ललितपुरको धापाखेलस्थित नागदहमा देखिएको छ । चराविद् बरालका अनुसार यो चरा चीन, कोरिया र जापानमा बढी घुम्छ । नेपालमा यो चरा यसअघि कोशीको बर्जुताल, चितवनको नारायणी नदी क्षेत्र र नागदहमै देखा परेको थियो ।
हेर्नुस् भिडियाे :