आइसिसी च्याम्पियन्स ट्रफी : गिलको शतकमा भारत विजयी

शुक्रबार, ९ फागुन, २०८१
डिजिटल संस्करण

भारतले आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगितामा बिहीबार बंगलादेशलाई ६ विकेटले हराएको छ । भारतले हाइब्रिड शैलीमा युएईलाई तटस्थ भूमिका रूपमा प्रयोग गरेको हो । आयोजक पाकिस्तानको भूमिमा प्रतिस्पर्धा नगर्ने भनेपछि भारतका सबै खेल युएईमा हुनेछ । पहिलो ब्याटिङ गरेको बंगलादेशले ४९.४ ओभरमा सबै विकेट गुमाएर २२८ रनको योगफल खडा ग¥यो । प्रत्युत्तरमा शुभमन गिलले शतक तथा लोकेश राहुलले अर्धशतकको योगदान दिएपछि भारत ४६.३ ओभरमा विजयी भयो । भारतले २१ बलअघि नै जित निकालेको हो । 

समूह ‘ए’मा न्युजिल्यान्ड र भारतले आ–आफ्नो पहिलो खेल जितेका छन् । आयोजक पाकिस्तान र बंगलादेशले समान एक खेल गुमाए । भारतका लागि गिल र लोकेशले पाँचौँ विकेटका लागि नटआउट ८७ रनको साझेदारी गरेका थिए । यी दुई खेलाडीबिच म्याच विनिङ साझेदारी हुनुअघि भारत ३०.१ ओभरमा १४४–४ को अवस्थामा थियो ।

गिलले १२९ बलमा १०१ रन जोडे । उनले नौ चौका र दुई छक्का प्रहार गरे । राहुलले ४७ बलमा दुई छक्का र एक चौकाको सहयोगमा ४१ रनको योगदान दिए । भारतको ब्याटिङमा कप्तान रोहित शर्माले ३६ बलमा सात चौका प्रहार गरी ४१ रन जोडे । विराट कोहलीले २२ तथा श्रेयस एयरले १५ रन बनाए । यसअघि ब्याटिङ गरेको बंगलादेशविरुद्ध भारतका सिमर मोहमद सामीले ५३ रन खर्चेर सर्वाधिक पाँच विकेट हात पारेका थिए । हर्षित रानाले ३१ रनमा तीन विकेट लिए । अक्षर पटेलले दुई विकेट आफ्नो नाममा लेखाए । 

१५४ रनको साझेदारी 
बंगलादेशको इनिङमा जाकेर अली र तोहिदबिच छैटौँ विकेटका लागि १५४ रनको साझेदारी भएको थियो । बंगलादेशको एकदिवसीय इतिहासमा छैटौँ विकेटका लागि भएको यो साझेदारी नै सर्वाधिक हो । यसअघि महमुदुल्लाह र जाकेर अलीको नाममा १५० रनको साझेदारी थियो । कमजोर सुरुवात गरेको बंगलादेश एक समय ३५–५ को अवस्थामा थियो । दुई ब्याट्सम्यानले टोलीलाई १६९–६ को अवस्थामा पु¥याए । तोहिदले ११८ बलमा ६ चौका र दुई छक्का प्रहार गरी सय रन बनाए । जाकेरले ११४ बलमा ६८ रन बनाए ।

सुझावित समाचार