ताप्लेजुङको पाथीभरा क्षेत्रमा नो केबलकार समूहले काफ्लेपाटीदेखि माथिल्लो फेदीसम्म बृहत् पदयात्रा गरेका छन् ।
पदयात्रामा राष्ट्रिय मुक्ति नेपालका अध्यक्ष राजेन्द्र महतो, पहिचानवादी नेता खगेन्द्र माखिमलगायत स्थानीयवासीका साथै विभिन्न पहिचानवादी नेताहरूको उपस्थिति रहेको छ।
पदयात्रामा माथिल्लो फेदीदेखि पुनः तल्लो फेदीमा आएर बृहत् आमसभा गरिने आन्दोलनरत पक्षका खगेन्द्र फेम्बोले जानकारी दिए।