जन्ती पुर्याएर फर्किने क्रममा बस दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बिहीबार बिहान करिब ५:४० बजेको समयमा काभ्रे तेमाल गाउँपालिका– ३ कुन्डोलमा दुर्घटना हुदा धादिङबाट विवाहको जन्ती पुर्याएर फर्किने क्रममा ना.४ ख ८८१७ खाली बस ट्रनिङमा ब्याक गर्ने क्रममा सडकबाट अन्दाजी दुई सय मिटर तल खस्दा तेमाल– १ बस्ने वर्ष ५० का रामसिंङ तामाङको घटनास्थलमा मृत्यु भएको हो ।
बसचालक जिल्ला मकवानपुर बागमती गाउँपालिका बस्ने वर्ष ५० का कृष्ण ब्लोन गम्भीर घाइते भई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।