पोखरा विश्वविद्यालयबाट सात हजार ८७२ विद्यार्थी दीक्षित हुँदै

बिहिबार, ८ फागुन, २०८१
डिजिटल संस्करण

पोखरा विश्वविद्यालयको २०औँ दीक्षान्त समारोह आज पोखरा महानगरपालिका– ३० ढुंगेपाटनस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा हुँदै छ । समारोहमा विभिन्न तह र विषयका सात हजार ८७२ जना विद्यार्थीलाई उपाधि प्रदान गरिने विश्वविद्यालयका डिन डा. अजय थापाले जानकारी दिए।

विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी ओलीको समुपस्थितिमा हुने समारोहमा शिक्षाविद् जर्ज जोनले दीक्षान्त मन्तव्य व्यक्त गर्ने कार्यक्रम  छ । 

सुझावित समाचार