प्रकृति लम्सालको स्वर्गद्वारी घाटमा अन्त्येष्टि गरियाे

प्रकृतिको पार्थिक शरीरमा हजुरबुवा देवनाथ लम्सालले दिए दागबत्ती

बिहिबार, ८ फागुन, २०८१
डिजिटल संस्करण

भारतको ओडिसा भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)को छात्रावासमा मृत भेटिएकी भैरहवाकी प्रकृति लम्सालको स्वर्गद्वारी घाटमा अन्त्येष्टि गरिएको छ ।

उनको पार्थिव शरीरलाई भैरहवा परिक्रमा गराई स्वर्गद्वारी घाटमा पुर्‍याइएको थियो । शवयात्रामा सिद्धार्थनगरका सर्वसाधारणकाे साथै केआइआइटीमा अध्ययनरत नेपाली विद्यार्थी पनि सहभागी थिए । 

उनलाई हजुरबुबा देवनाथ लम्सालले दागबत्ती दिए । उनको पार्थिक शरीर बुधबार राति ओडिसाबाट भैरहवा ल्याइएको थियाे । वि.सं. २०६१ असार ४ गते भैरहवामा जन्मिएकी लम्सालको गत आइतबार निधन भएको हो । केआइआइटी छात्रावासमा झुन्डिएको अवस्था उनकाे शव फेला परेको थियो ।   

सुझावित समाचार