३५१ ग्राम लागुऔषध ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ

बुधबार, ७ फागुन, २०८१
डिजिटल संस्करण

बाँके प्रहरीले ३५१ ग्राम लागुऔषध ब्राउनसुगरसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नेपालगन्ज र केन्द्रीय लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले बुधवार दिउँसो करिब ५ बजे तीन सय ५१ ग्राम ब्राउनसुगरसहित बहराइच नानपाराका ३१ वर्षीय विशाल अहमदलाई पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरीक्षक अरुण बम र केन्द्रीय लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले लागुऔषध सहित अहमदलाई पक्राउ गरेको बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले जानकारी दिए । 

उक्त ब्राउनसुगर करिब दुई करोड रुपैयाँ बराबरको हुनसक्ने प्रहरीको अनुमान छ । नेपालगन्ज उपमहानगरपालिका–२१ स्थित महाराज स्कुल नजिक मोटरसाइकल राखेर उभिरहेका अहमदले हातमा समातेको कालो प्लाष्टिकमा उक्त लागुऔषध राखेको एसपी कार्कीले बताए । उनको साथबाट यूपी ३२ एमएस २६१८ नम्बरको मोटरसाइकल र सात हजार पाँच सय रुपैयाँ समेत बरामद भएको एसपी कार्कीले जानकारी दिए ।
 
 

सुझावित समाचार