नवौँ विराट गोल्डकप फुटबल प्रतियोगिता १९–२८ फागुनसम्म हुने भएको छ । उद्योगी नवीन रिजालको संयोकत्वमा प्रतियोगिता आयोजना हुन लागेको हो । गोल्डकपका अध्यक्ष किशोरबहादुर शाहीले ९ दिनसम्म चल्ने विराट गोल्डकपमा १० टोलीले भाग लिनेछन् ।
एनआरटी, थ्री स्टार, मच्छिन्द्र, चर्च ब्वाइज, नेपाल पुलिस, एपिएफ, त्रिभुवन आर्मी र मोरङ ११ ले भाग लिनेछन् । भारतको कलकत्ता र दिल्लीबाट समान एक टोली आउने संयोजक रिजालले बताए ।
२०१८ सालमा विराटनगरमा महेन्द्र गोल्डकपको नामबाट फुटबल हुने गथ्र्यो । २०६८ सालमा नाम परिवर्तन गरी विराट गोल्डकप राखियो । प्रतियोगिताको हरेक दिन ‘मिस विराट गोल्डकप र फेस अफ दी फेमिली’ घोषणा गरिनेछ ।
संयोजक रिजालका अनुसार खेल हेर्न आएका दर्शकबाटै हरेक दिन ‘मिस विराट गोल्डकप’ घोषणासँगै विशेष सम्मानका साथ मञ्चमा सम्मान गर्नेछन् ।
रिजालले २०७४ सालमा पहिलोपटक बाँसको फ्लड लाइट राखेर रात्रिकालीन विराट गोल्डकप आयोजना गरेका थिए । विराटनगर महानगर पालिका र कोशी प्रदेश सरकारले विराटनगरको शहिद रंगशालामा स्थायी फ्लड लाइटको व्यवस्था गरेको रिजालले बताए ।