अन्तर्राष्ट्रिय फोर नेसन्स कप : पहिलो हाफमा नेपाल १–० ले अघि

सोमबार, ५ फागुन, २०८१
डिजिटल संस्करण

अन्तर्राष्ट्रिय फोर नेसन्स कपको पहिलो खेलको पहिलो हाफ समाप्त हुँदा नेपालले किर्गिस्तानविरुद्ध १–० को अग्रता लिएको छ। लगातार आक्रमण गरे पनि नेपालकी रश्मिकुमारी घिसिङ, रेखा पौडेल र सबिता रानामगर चुकेका थिए। 

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फिफा वरीयतामा आफूभन्दा २५ स्थान तल रहेको किर्गिस्तानविरुद्ध खेलको दसाैँ मिनेटमा पहिलो गोल गर्यो। विंगर विमला चौधरीले हेडर गोल गरिन्। सबिता रानामगरले कर्नरको दायाँ भागबाट गरेको क्रसलाई विमला चौधरीले सहज गोल गरेकी हुन्। 

आज नै भएको पहिलो खेलमा म्यानमारले लेबनानलाई ३–१ ले हराउँदै महत्त्वपूर्ण तीन अंक जोडेको छ।
 

सुझावित समाचार