रामबहादुर बम्जनविरुद्ध साढे आठ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता

सोमबार, ५ फागुन, २०८१
डिजिटल संस्करण

लिटिल बुद्ध भनेर चिनिने रामबहादुर बम्जनविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक सुमन दाहालका अनुसार बम्जनविरुद्ध करिब साढे आठ करोड रुपैयाँ बिगो दाबी गरिएको छ। 

बम्जनविरुद्ध सोमबार सर्लाही जिल्ला अदालतमा मुद्दा दायर भएको हो। जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीका सूचना अधिकारी नारायणप्रसाद घिमिरेका अनुसार कार्यालयले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ। बम्जनविरुद्ध आठ करोड ५९ लाख रुपैयाँ बिगो दाबी गरिएको छ 

बम्जनविरुद्धको बाल यौनशोषणको मुद्दा अदालतमा विचाराधीन छ। बाल यौनशोषणको मुद्दामा काठमाडौंस्थित घरमा खानतलासी गर्दा बम्जनबाट नगद बरामद भएको थियो।

बम्जनको साथमा ठुलो नगद बरामद भएपछि विभागले सम्पत्ति शुद्धीकरणको कसुरमा छानबिन अघि बढाएको थियो।

सुझावित समाचार