अर्थमन्त्री पौडेल डिस्चार्ज, मेयर आचार्य केही दिन अस्पताल बस्नुपर्ने

सोमबार, ५ फागुन, २०८१
डिजिटल संस्करण

पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्ने क्रममा बेलुन फुटेर आगलागी हुँदा घाइते भएर उपचाररत अर्थमन्त्री विष्णु पौडेल डिस्चार्ज भएका छन् । कीर्तिपुर अस्पतालले अर्थमन्त्री पौडेललाई सोमबार दिउँसो २ः३० बजे डिस्चार्ज गरेको हो ।

अस्पतालका निर्देशक डा. किरणकिशोर नकर्मीले अर्थमन्त्री पौडेलको घाउ निको भएको र फोक्सोमा समस्या नदेखिएपछि डिस्चार्ज गरिएको जानकारी दिए । सोही घटनामा घाइते भएका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य भने अझै एक–दुई दिन अस्पताल बस्नुपर्ने अवस्था रहेको अस्पतालले जनाएको छ ।

मेयर आचार्यको स्वास्थ्यमा सुधार हुँदै गएको छ । ‘अर्थमन्त्रीज्यूको अवस्था सामान्य भएपछि आज घर जानुभयो, मेयरसाप पनि भोलिसम्म डिस्चार्ज हुनुहुन्छ,’ डा. नकर्मीले भने ।

सुझावित समाचार