अनर एक्स९ सी फाइभ–जी स्मार्टफोन नेपालमा छिट्टै सार्वजनिक हुँदै

सोमबार, ५ फागुन, २०८१
डिजिटल संस्करण

अनर X9b फाइभ–जीको सफलतापछि सेलट्रोन नेपाल प्रालिले अनर X9c फाइभ–जी ल्याउन लागेको छ। यो फोन ‘नेपालकै सबैभन्दा बलियो स्मार्टफोन’ रहेको सेलट्रोन नेपालको दाबी छ।

अनर X9b फाइभ–जी आफ्नो सेगमेन्टमा अब्बल साबित भएको थियो, जसमा ५८०० एम.एएचको दीर्घकालीन ब्याट्री, ३६० डिग्री एन्टी-ड्रप सुरक्षा, १०८ एमपीको क्लियर क्यामेरा, आकर्षक डिजाइन र दमदार परफर्मेन्स थियो। ६.७८ इन्चको घुमाउरो एमोलेड डिस्प्ले, १२० हर्ज रिफ्रेस रेट र १२०० निट ब्राइटनेसले प्रयोगकर्तालाई उत्कृष्ट अनुभव दिएको थियो।

अब, अनरले अझ मजबुत अपग्रेडसहित नयाँ भेरियन्ट अनर X9c फाइभ–जी बजारमा ल्याउन लागेको हो, जसमा मजबुती, ब्याट्री, क्यामेरा, प्रयोगकर्ता अनुभव र थप धेरै सुधार गरिएको बताइएको छ।

सुझावित समाचार