खोटाङको हलेसी बजारमा ग्यास पसल भएको आगलागीमा तीन घर जेलर नष्ट भएका छन्। हलेसी बजारस्थित पदम राईको ग्यास पसल भएको घरमा आगलागी भएकोमा आसपासमा दुई घर पनि जलेका छन्। राति करिब साढे १० बजे आगलागी नियन्त्रणमा आएको निमित्त प्रमुख जिल्ला अधिकारी हिराधन राईले जानकारी दिए।
खाना पकाउने क्रममा ग्यास सिलिण्डरबाट सुरु भएको आगो नियन्त्रण बाहिर गएको स्थानीय सयन्द्र राईले जानकारी दिए। उनका अनुसार स्थानीवासी र प्रहरीले मिलेर आगो निभएका छन् । पानी अभावले आगो निभाउन समस्या भएको आगलागी नियन्त्रणमा खटिएकाहरुले बताएका छन् ।
आगलागीमा पदमशेर राईको हार्डवेयर पसल सहितको घर, प्रकाशचन्द्र गिरीको होटल हलेसी दर्शन रेस्टुरेन्ट रहेको घर, ऐराख राईको कल्याण होटल रहेको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । नजिकै रहेको पारुहाङ होटल र घरमा पनि आंशिक क्षति पुगेको छ ।
जिल्लामा आगलागी हुँदा सिडिओ भने थिएनन्। सिडिओ रहेका शिवकुमार कार्कीले अवकाश पाइसकेका छन्। गृहले नयाँ सिडिओ खटाएको छैन । सिडिओ नहुँदा समन्वयमा समस्या भएको थियो।