विचाराधीन विधेयकलाई अघि बढाउन पहल लिने सत्तारूढ दलहरूको निर्णय

आइतबार, ४ फागुन, २०८१
डिजिटल संस्करण
विचाराधीन विधेयकलाई अघि बढाउन पहल लिने सत्तारूढ दलहरूको निर्णय

फाइल तस्बिर

सत्तारूढ दलहरूले संसदमा विचाराधीन विधेयकहरूलाई अघि बढाउन पहल लिने निर्णय गरेका छन्। आइतबार बिहान बसेको सत्तापक्षीय प्रमुख सचेतकहरूको बैठकले यस्तो निर्णय गरेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

‘आजको हाम्रो बैठकको निष्कर्ष के हो भने महत्त्वपूर्ण देखिएका विधेयकहरूलाई निष्कर्षमा पुर्याउने,’ उनले भने, ‘र, एउटा (सदन)बाट पारित भएर अर्कोलाई पठाएका विधेयक पनि निष्कर्षमा पुर्याइहाल्ने ।’ 

सिंहदरबारमा बसेको बैठकमा राष्ट्रिय सभा र प्रतिनिधिसभा दुवै सदनका प्रमुख सचेतकहरूको सहभागिता थियो। बैठकमा संसदमा टेबल भएका अध्यादेशहरूको विषयमा समेत छलफल भएको बर्तौलाले जानकारी दिए।

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक सवा १ बजे बस्ने तय भएकाे छ।

सुझावित समाचार