सिंहदरबारपरिसरमा धेरै सवारीसाधन बेवारिसे अवस्थामा छन् । सरकारी कार्यालयअगाडि नै वर्षाैँदेखि सरकारी गाडी थन्किएका हुन् ।
वर्षाैँदेखि प्रयाेगविहीन भएका अधिकांश गाडीका नम्बर प्लेट मेटिएका छन्। धुलाम्मे अवस्थामा रहेका केही गाडी भने सामान्य मर्मत गरेर पनि चलाउन मिल्नेजस्ता देखिन्छन् ।
दुईपांग्रे सवारीसाधनकाे भने सिट च्यातिएकाे, साइड मिरर भाँचिएकाे अवस्था छ। केही त च्यासिस नै भाँचिएर कामै नलाग्ने भएका छन्।
हेर्नुस् तस्बिरहरू :






