बालमन्दिरको जग्गा हिनामिना गरेको भनिएको घटनामा आयोगद्वारा अनुसन्धान सुरु

शुक्रबार, २ फागुन, २०८१
डिजिटल संस्करण

राष्ट्रिय मानव अधिकार आयोगले नेपाल बाल संगठनको जग्गा भाडामा लगाउँदा भएको अनियमिततासम्बन्धी अनुसन्धान मिसिलको प्रतिलिपि सात दिनभित्र उपलब्ध गराउन भनेको छ ।

उच्च सरकारी वकिल कार्यालय पाटन र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई निर्णयको प्रतिलिपि तथा केन्द्रीय अनुसन्धान ब्युरो, महाराजगन्जलाई अनुसन्धान मिसिलको प्रतिलिपि सात दिनभित्र उपलब्ध गराउन पत्राचार गरिएको आयोगले जनाएको छ । 

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले उक्त घटनाको स्वविवेकीय क्षेत्राधिकार प्रयोग गरी छानबिन तथा अनुसन्धान प्रारम्भ गरेको र अनुसन्धान मिसिलको प्रतिलिपि सात दिनभित्र उपलब्ध गराउन पत्राचार गरेको जानकारी दिए।

आयोगले बाल संगठनका तत्कालीन अध्यक्ष रिता सिंह वैद्यको संलग्नता रहेको, तर सत्ता र शक्तिको आडमा निजउपर मुद्दा नचलाउने भनी सरकारी वकिल कार्यालय, काठमाडौंले निर्णय गरेपछि उक्त अनुसन्धान सुरु गरिएको उनले बताए । 

सुझावित समाचार