संसदमा आवाज उठेपछि बल्ल पक्राउ परे अखिल नेता

बिहिबार, १ फागुन, २०८१
डिजिटल संस्करण

ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिटको आरोपमा सत्तारूढ दल नेकपा(एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमल जोशी पक्राउ परेका छन्। बिहीबार काठमाडौं प्रहरीले उनलाई पक्राउ गरेको हो। यसअघि उनलाई जोगाइएको आरोप प्रहरीमाथि लागेको थियो। 

गत २४ माघको राति उनीसहितका व्यक्तिले ड्युटीमा खटिएका  दरबारमार्ग वृत्तका  प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नर्गेन्द्रराज विष्टलाई ठमेलमा कुटपिट गरेका थिए। उनीहरूको मोटरसाइकलसमेत लडाएर तोडफोड  भएको थियो। घटनामा जोशीसहित पाँचजनाको संलग्नता देखिएपछि उनलाई भने सत्ताको आडमा जोगाइएको भन्दै  प्रतिनिधिसभ बैठकमा समेत सांसदहरूले गृहमन्त्रीमाथि प्रश्न उठाएका थिए। 

सो घटनामा संलग्न ताप्लेजुङका दिनेश सिग्देल र डडेल्धुराका रमेश फुलारा गत २७ माघमा पक्राउ परेका थिए। घटनामा संलग्न अन्य दुई अझै फरार छन् । 
मदिरा पिएर होहल्ला नगर्न भनेर सम्झउँदा उनीहरूले प्रहरीको मोटरसाइकल लडाएर कुटपिट गरेका थिए। पक्राउ परेका जोशी यसअघि पनि विभिन्न आपराधिक मुद्दामा चारपटक पक्राउ परिसकेको खुलेको छ। 
 

सुझावित समाचार