बबरमहलमा फुटेको मेलम्ची खानेपानीको पाइप मर्मतको काम भइरहेको छ। बुधबार दिउँसो विद्युत् प्राधिकरणले तार भूमिगत गर्ने काम अघि बढाइरहँदा खानेपानीको पाइप फुटेर बबरमहल क्षेत्र जलमग्न भएको थियो।
बुधबार दिउँसो नै खानेपानीमन्त्री प्रदीप यादवले निरीक्षण गरेर मर्मत गर्न निर्देशन दिएर गएपछि रातिदेखि मर्मत गर्ने कार्य सुरु गरिएको हो। नेपाल विद्युत् प्राधिकरणले विद्युतका तारहरू अन्डरग्राउन्ड गर्नका लागि ठाडो रूपमा खन्ने क्रममा बुधबार बबरमहलमा रहेको खानेपानीको पाइप फुटेको थियो।
प्राधिकरणले मन्त्रालय तथा मातहतका निकायसँग समन्वय नगरेका कारण बबरमहल क्षेत्रमा खानेपानीको पाइप फुटेर क्षति भएको खानेपानीमन्त्री यादवको भनाइ छ।
हेर्नुस् तस्बिरहरू :
2025-02-13-01-55-58.jpeg)
2025-02-13-01-55-51.jpeg)
2025-02-13-01-55-44.jpeg)
2025-02-13-01-55-36.jpeg)
2025-02-13-01-55-28.jpeg)
2025-02-13-01-55-20.jpeg)
2025-02-13-01-55-11.jpeg)