परराष्ट्र सेवामा तीनजना सहसचिवमा सिफारिस, तीनैजना महिला

बुधबार, ३० माघ, २०८१
डिजिटल संस्करण

परराष्ट्र सेवामा रिक्त रहेका सहसचिवका पदमा तीनजनाको सिफारिस भएको छ। खुला प्रतिस्पर्धातर्फबाट लोक सेवा आयोगले लिएको परीक्षाको नजिताअनुसार बुधबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई नियुक्तिको लागि सिफारिस गरिएको छ।   सिफारिस हुनेमा तीनैजना महिला छन्। 

पहिलो नम्बरमा इला मैनाली, दोस्रोमा रोशन खनाल र तेस्रोमा रोजिना ताम्राकार सिफारिस भएका छन्। गत २७ गते भएको अन्तर्वार्ताबाट उनीहरूको नाम सिफारिस भएको हो। 

सुझावित समाचार