सांसद शर्मालाई उन्मुक्ति दिएपछि बालेनको प्रतिक्रिया– नआत्तिनु, समय आउनेछ

मंगलबार, २९ माघ, २०८१
डिजिटल संस्करण

बाल श्रमशोषणसम्बन्धी मुद्दामा एमालेकी प्रदेश सांसद रेखा शर्मालाई मुद्दा नचलाउने निर्णय गरिएकोमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले असन्तुष्टि जनाएका छन् । 
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तिम्रा पीडकका विरुद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले। नआत्तिनू। समय आउनेछ। 

यस्तै विभेद, अपराध मास्न अनि ति कुकर्म गर्नेहरूलाई तह लगाउन तिमी र तिमीजस्तै धेरै नानीबाबुले पढ्नपर्छ। समाज बुझ्नुपर्छ।’ 

काठमाडौं महानगरपालिकाले नै सांसद शर्माविरुद्ध प्रहरीमा जाहेरी दिएको थियो। तर, हालै सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेकोमा सरकारको आलोचना भइरहेको छ 

सांसद शर्माले बालुवाटारस्थित आफ्नो घरमा वर्षाैसम्म दाङकी एक किशोरीलाई घरेलु कामदारका रूपमा राखेर श्रम शोषण गरेको अभियोग छ। ती किशोरीलाई महानगरपालिकाले नै उद्धार गरी हाल एक संस्थामा राखेर अध्ययन गराइरहेको छ। 
 

सुझावित समाचार