सांसद सन्तोष परियारको प्रश्न– प्रेम गरेका कारण दलितहरूको घरवास उठीवास लाग्नुपर्ने हो ?(भिडियोसहित)

सोमबार, २८ माघ, २०८१
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले दलितहरूमाथि राज्यबाटै भइरहेको विभेदको सरकारसँग जवाफ मागेका छन् । सोमबार संसदमा बोल्दै उनले दलितहरूमाथिकाे ज्यादतीमा राज्यकै अंगहरू संलग्न रहेको भन्दै आक्रोश व्यक्त गरे। 

उनले भने, ‘हरेक वर्ष दलितले अन्तरजातीय विवाह गरेको कारण मारिनुपर्ने ? प्रेम गरेका कारण दलितहरू घरवास उठीवास लाग्नुपर्ने ? अनि राज्यका संयन्त्रहरू, राज्यका संस्थाहरू दलितका अधिकार कुल्चनलाई, दलितलाई मान्छे हुन नदिनलाई प्रयोग हुनुपर्ने ? यसमा नेपाल सरकारको जवाफ चाहियो, गृह मन्त्रालयको जवाफ चाहियो ?’ 

हालै गृह मन्त्रालयकै निर्देशनमा अन्तरजातीय विवाह गरेका सत्येन्द्रकुमार राम र नेहा राैनियारको जोडीलाई प्रहरीले पटकपटक पक्राउ गरी ज्यादती गरेको विषयमा उनले जवाफ मागेका हुन्। 
 

सुझावित समाचार