साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घट्दै बन्द भएको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढावसहित ओरालो लागेको नेप्से अन्तिम समयमा ११.४९ अंकले घट्दै २६ सय ८८.३१ को विन्दुमा झरेर रोकिएको हो ।
आज कुल ३०५ कम्पनीका १ करोड ५८ लाख ५५ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८ अर्ब ३९ करोड ८६ लाख ६० हजार रुपैयाँ बढी पुगेको छ ।
आज १६८ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा ६८ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ । त्यसमध्ये पनि आज सेन्ट्रल फाइनान्स र गाजिएन माइक्रोलाइफको सेयरमूल्यमा सकारात्मक सर्किट देखिएको छ । आज कारोबारमा आएकामध्ये वित्त, उत्पादनमूलक, लघुवित्त र व्यापारबाहेकका सबै समूहको परिसूचक ओरालो लागेको छ ।