टेकुको कबाड गोदाममा महानगरको डोजर, झडपका क्रममा तीन मजदुर घाइते

आइतबार, २७ माघ, २०८१
डिजिटल संस्करण

टेकुस्थित एक कबाड गोदाममा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ। गोदामका मजदुरहरू प्रतिकारमा उत्रँदा झडप भएको छ।

सो क्रममा तीन मजदुर घाइते भएका छन्। नगर प्रहरीको कुटाइबाट उनीहरू घाइते भएका कबाड व्यवसायी संघर्ष समितिका संयोजक राम केवल गुप्ताले बताए। गुप्ताका अनुसार घाइतेहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

सुझावित समाचार