तीन विधामा आइएमई लाइफलाई ‘इमर्जिङ एसिया अवार्ड’

आइतबार, २७ माघ, २०८१
डिजिटल संस्करण

आइएमई लाइफ इन्स्योरेन्सले पाँचौँ संस्करणको ‘इमर्जिङ एसिया अवार्ड’मा तीन विधाका अवार्ड जित्न सफल भएको छ । इन्स्योरेन्सले बैंककमा आयोजित आइसिसी– २०२४ एसिया इन्स्योरेन्स कार्यक्रममा ‘सर्वश्रेष्ठ जीवन बिमा’, ‘बिमा विस्तारमा उत्कृष्ट रणनीति’ र ‘बिमा नेतृत्वमा महिला’ गरी तीन विधाको अवार्ड जित्न सफल भएको हो । 

यो अवार्डले ग्राहककेन्द्रित सेवा र सहभागितामूलक नेतृत्वको कदर गरेको बताइएको छ । नेपालभित्र बिमा सचेतना फैलाउने, आधुनिक प्रविधिमैत्री सेवा प्रदान गर्ने तथा महिलालाई बिमा नेतृत्वमा सशक्त बनाउने उद्देश्यलाई अवार्डले थप प्रोत्साहन गरेको इन्स्योरेन्सको भनाइ छ ।

सुझावित समाचार