सेतीदोभान पुलबाट बस खस्दा २३ जना घाइते

आइतबार, २७ माघ, २०८१
डिजिटल संस्करण

नेपालगन्जबाट काठमाडौं जाँदै गरेको लु.प्र ०३–००१ ख ००७७ नम्बरको बस आज बिहान ४:३० बजे नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट खस्दा २३ जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले बस दुर्घटनामा परेर २३ जना घाइते भएको बताइन्। उनका अनुसार घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

बसमा २८ जना यात्रु सवार थिए । अन्य यात्रु सकुशल छन् । ‘टायर पञ्चर’ हुँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको हुन सक्ने प्रहरी निरीक्षक भण्डारीले जानकारी दिइन् ।
     
   
 

सुझावित समाचार