१० वर्षीय बालकले बन्दुक चलाउँदा सहोदर भाइको मृत्यु

शनिबार, २६ माघ, २०८१
डिजिटल संस्करण

दाङमा १० वर्षीय बालकले भरुवा बन्दुक चलाउँदा उनका सहोदर भाइको ज्यान गएको छ।

शनिबार बिहान ११ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ ठुटासम्बानिवासी १० वर्षीय शिशिर केसीले बन्दुक चलाउँदा नौ वर्षीय भाइ भुवन केसीको मृत्यु भएको हो।

घरदेखि १५ मिटर टाढा रहेको खलोमा खेल्ने क्रममा बाजे ६२ वर्षीय भूवीन्द्र खत्रीले घरमा लोड गरी राखेको एकनाले भरुवा बन्दुकले भुवनको दायाँ कन्चटमा हान्दा उनको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक विनोदराज खत्रीले बताए।

खत्रीका अनुसार बाजे भूवीन्द्रलाई नियन्त्रणमा लिई एकथान भरुवा बन्दुक, ३२८ पिस छर्रा र फलामको ४ वटा गोली बरामद गरिएको छ। घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार