सप्तरीबाट पुनः ७२६ किलो गाँजा नियन्त्रणमा

शनिबार, २६ माघ, २०८१
डिजिटल संस्करण

सप्तरीबाट पुनः ठुलो मात्रामा गाँजा बरामद भएको छ। प्रहरीले शुक्रबार बिहान साढे १ बजेति ७११ किलो गाँजा नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाका अनुसार बोदेबर्साइन नगरपालिका– ३ बाट सो परिमाणको गाँजा बरामद भएको हो।

गाँजा बरामद भएको स्थानबाट एउटा स्कारपियो गाडीसमेत प्रहरीले बरामद गरेको छ। फरार भएका स्कारपियोचालकको खोजी भइरहेको सप्तरी प्रहरीले जनाएको छ। पछिलो समय सप्तरी प्रहरीले गाँजा नियन्त्रणमा कडाइ गरेपछि धमाधम गाँजा बरामद हुने क्रम बढ्दो छ।

प्रहरीले यसअघि गत पुस २७ मा बलानबिहुल गाउँपालिका–१, चनहीको कमलदाहामा परालले छोपिएको अवस्थामा ६७० किलो गाँजा नियन्त्रणमा लिएको थियो। त्यस्तै, गत मंसिर ३ गते राति राजगढ गाउँपालिकाबाट बालुवा बोक्ने टिपरमा लोड गरिएको अवस्थामा एक हजार ७१७ किलो गाँजा नियन्त्रणमा लिएको थियो।

पूर्वी पहाडी जिल्लाबाट सप्तरी ल्याएर गाँजा भण्डारण गरिने र सप्तरीबाट भारततर्फ तस्करी हुने गरेको छ।

सुझावित समाचार