चितवनमा पनि रवि लामिछानेलाई धरौटीमा छाड्ने आदेश

बिहिबार, २४ माघ, २०८१
डिजिटल संस्करण

जिल्ला अदालत चितवनले रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ। न्यायाधीश दयाराम ढकालको इजलासले यस्तो आदेश दिएको हो। 

बैंक जमानत बुझाएर लामिछाने छुट्ने तयारीमा छन्।

साहारा सहकारीबाट गोर्खा मिडियामा गएको रकम खर्च गर्ने भूमिकामा रहेको भन्दै लामिछानेलाई पनि प्रतिवादी बनाइएको थियो। 
यसअघि कास्कीमा उनीविरुद्ध ६५ लाख, काठमाडौंमा ६० लाख तथा रुपन्देहीमा एक करोड रुपैयाँ धरौटी माग भएको थियो। 

सुझावित समाचार