रवि लामिछानेविरुद्ध चितवनमा चलेन संगठित अपराधको मुद्दा

बुधबार, २२ माघ, २०८१
डिजिटल संस्करण

रवि लामिछानेविरुद्ध चितवनको साहारा सहकारीको रकम अपचलनमा दुई करोड ७० लाख रुपैयाँ बिगो कायम गरी मुद्दा दायर भएको छ । प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले मंगलबार मुद्दा दायर गरेको हो । गोर्खा मिडियामा सहकारीबाट १० करोड ८० लाख रुपैयाँ गएको र त्यसलाई गोर्खा मिडियाका चार सञ्चालकलाई सामुयिक दायित्व बनाइएको छ । 

लामिछानेसहित ३२ जनाविरुद्ध करिब ३८ करोड बिगो कायम गरी मुद्दा दायर भएको हो । लामिछानेविरुद्ध चितवनमा ठगीको अभियोग मात्र लगाइएको छ । कास्की, काठमाडौं र रुपन्देहीमा संगठित अपराधको मुद्दा पनि चलेको थियो । 

सहकारीबाट गोर्खा मिडियामा पैसा लैजाने प्रक्रियामा संलग्न नभएको र प्रबन्ध निर्देशकका रूपमा चेक काटेर खर्च गर्ने भूमिकामा मात्र देखिएकाले उनीविरुद्ध संगठित अपराधको अभियोग नलगाइएको जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलले बताए ।  

सुझावित समाचार