हलो–जुवासहित आन्दोलनमा गुठीपीडित मोही(भिडियो)

सोमबार, २१ माघ, २०८१
डिजिटल संस्करण

दाङको घोराहीमा प्युठानस्थित स्वर्गद्वारी गुठीको एक हजार ५० बिघा जमिन छ । जसमध्ये ७५३ बिघा जमिनमा मोही कायम भएको छ । सोही जग्गामा तीन पुस्तादेखि आश्रित छन्, घोराही उपमहानगरपालिका र लमही नगरपालिकाका ३५ सय घरधुरी । तर, हालसम्म पनि लालपुर्जा नहुँदा सबै स्थानीय सुकुम्वासीसरह भएका छन् । 

जमिन कमाएको तीन पुस्ता बिते पनि कानुनबमोजिमको मोहियानी हक सरकारले कार्यान्वयन नगरेपछि उनीहरु आइतबार काठमाडौंमा आएर आन्दोलन सुरु गरेका छन् । 
भिडियोः 
 

सुझावित समाचार