तीन अर्ब चार करोडबराबरको अनलाइन जुवा तथा सट्टेबाजी कारोबारमा संलग्त २४ जना ललितपुरबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा १० भारतीय नागरिक छन्।
ललितपुरको सानेपामा उनीहरूले दुई घर भाडामा लिएर अनलाइन जुवाको धन्दा चलाउँदै आएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। ललितपुर प्रहरीको समेत सहयोगमा अपराध अनुसन्धान कार्यालयको टोलीले शनिबार छापा हानी उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूबाट ८८ वटा मोबाइल र १३ वटा ल्यापटप बरामद गरिएको एसपी काजीकुमार आचार्यले बताए।
पक्राउ पर्नेहरू:

