जोगबनी नाकाबाट मानव कंकालसहित एकजना पक्राउ

आइतबार, २० माघ, २०८१
डिजिटल संस्करण

विराटनगरस्थित जोगबनी नाकामा खटिएको सशस्त्र प्रहरीको टोलीले  भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ३८ थान मानव खप्पर र १० थान नलीखुट्टा आकारको वस्तुसहित एकजनालाई पक्राउ गरेको छ।

आइतबार बिहान भारतको जोगबनीबाट रिक्सामा हालेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी नायब निरीक्षक प्रकाश दहालको टोलीले मानव कंकाल अवशेषसहित विराटनगर– १७ का विनोद रायलाई पक्राउ गरेको छ।

बरामद भएको उक्त मानव कंकालको अवशेष थप अनुसन्धानका लागि आइतबार दिउँसो इलाका प्रहरी कार्यालय रानीमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ। इप्रका रानीका इन्स्पेक्टर प्रकाश थापाले किन र केका लागि उक्त मानव कंकाल ल्याइएको हो भन्नेबारे अनुसन्धान थालिएको बताए।

सुझावित समाचार