किताबखानाको तीन लाख घुसकाण्डमा थप दुई पक्राउ

आइतबार, २० माघ, २०८१
डिजिटल संस्करण

राष्ट्रिय किताबखाना (शिक्षक) छाउनीमा कार्यरत शाखा अधिकृत धनेश्वर प्रसाईंले पेन्सनपट्टा बनाइदिन तीन लाख घुस लिएको प्रकरणमा थप दुईजना पक्राउ परेका छन् । कार्यालय सहयोगी भवानी अधिकारी र बिचौलिया सुदर्शन न्यौपानेसमेतलाई पक्राउ गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।   

अवकाशप्राप्त शिक्षकको नियमअनुसार पेन्सनपट्टा (निवृत्तभरण अधिकारपत्र) बनाउनका लागि रोकेर कर्मचारीले घुस डिल गरेका थिए । बिचौलियाबाट कार्यालय सहयोगी हुँदै सो घुस रकम अधिकृतसम्म पुगेको थियो । तीनैजनाविरुद्ध तीन लाख बिगो कायम गरी मुद्दा दायर गरिएको आयोगले जनाएको छ । 
 

सुझावित समाचार