नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६२ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्य भने घटेको छ। चाँदीको मूल्य प्रतितोला एक हजार ९१० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला एक हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो।