नवलपरासीमा सवारी दुर्घटनामा एकजनाको मृत्यु, नौ घाइते

शनिबार, १९ माघ, २०८१
डिजिटल संस्करण

पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को दुम्कीवास जंगलमा बस र इभी हाइस एकापसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ। दुर्घटनामा परी अन्य नौजना घाइते भएका छन्।

विनयी त्रिवेणी गाउँपालिका-१ दुम्कीवासस्थित डिभिजन वन कार्यालयनजिकै यात्रु बस र इभी हाइस एकापसमा ठोक्किँदा भारतको पश्चिम बंगाल राज्यको मिधिनिपुरका ४० वर्षीय शंकरको मृत्यु भएको हो। हाइसमा सवार अन्य नौजना घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट-सुस्तापूर्व) का प्रहरी उपरीक्षक यादव ढकालले बताए।

काठमाडौंबाट दाङ जाँदै गरेको रा १ ख ३३६१ नम्बरको बस र बुटवलबाट काठमाडौं जाँदै गरेको प्र ०१-००६ ख ७८०८ नम्बरको इभी हाइस एकापसमा ठोक्किएका हुन्।

सुझावित समाचार