अध्यादेशको विरोध गर्नु नौटंकी हो : योगेश भट्टराई

शुक्रबार, १८ माघ, २०८१
डिजिटल संस्करण

नेकपा (एमाले)का सांसद योगेश भट्टराईले दुईजना सांसदबाहेकले अध्यादेशको विरोध गर्नु नौटंकी हुने बताएका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सचिवसमेत रहेका सांसद भट्टराईले अरू सांसदहरू अध्यादेशका प्रक्रियामा कतै न कतै सामेल वा हस्ताक्षरकर्ता रहेको बताए।

‘अध्यादेशको प्रक्रियाबारे विरोध गर्ने कसैले अधिकार राख्छ भने, प्रेम सुवाल र योगेन्द्र मण्डलले राख्नुहुन्छ। आजसम्म उहाँहरूको सरकारमा सहभागिता छैन,’ उनले भने, ‘त्यसभन्दा बाहेक कुनै पनि दल र कुनै पनि सांसदले अध्यादेशको प्रक्रियाबारे विमति राख्नु नौटंकी हो। किनभने हामी सबैले त्यसमा कुन न कुनै वेला भाग लिएको र सही गरेका छौँ।’

सरकारले हालै ६ वटा अध्यादेश ल्याएको थियो। ती अध्यादेश शुक्रबार संसदमा पेस हुँदै छन्।
 

सुझावित समाचार