सुनको मूल्य आज प्रतितोला दुई हजार तीन सयले बढ्यो

शुक्रबार, १८ माघ, २०८१
डिजिटल संस्करण

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला दुई हजार तीन सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार आठ सयमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार पाँच सयमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेर एक हजार नौ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सोही परिमाणको चाँदी एक हजार आठ सय ८५ मा कारोबार भएको थियो ।     
  
 

See More On

सुझावित समाचार